Web Design In Nepal

Tag: युरोपेली मुलुकमा मृत्यु

बाढीका कारण युरोपेली मुलुकमा मृत्यु हुनेको संख्या १७० पुग्यो

बाढीका कारण युरोपेली मुलुकमा मृत्यु हुनेको संख्या १७० पुग्यो

Posted in अर्थतंत्र, ऋणपत्र, बैंक, ब्यानर, समाचार, सुचना, स्वास्थ्य
एजेन्सी । पश्चिम युरोपमा भारी वर्षासँगै आएको बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या १७० पुगेको छ । ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । बाढीका कारण सबैभन्दा धेरै जर्मनी र बेल्जियममा असर परेको छ । ज्यान गुमाउने १७० जनामध्ये १४३ जना जर्मनीका नागरिक रहेका खबरमा उल्लेख छ । बाढीका कयौँ नागरिक हराइरहेका छन् । उनीहरुको उद्धारकर्ताहरूले खोजी गरिरहेका छन् । जर्मन चान्सलर एन्जेला मर्केलले आज बाढी प्रभावित क्षेत्रको अवलोकन र निरीक्षण गर्ने बीबीसीले जनाएको छ । बेल्जियममा सेनाले राहत र उद्धारको काम गरिरहेको छ । बेल्जियममा आउँदो ६ गते राष्ट्रिय शोकको घोषणा गरिएको छ । भारी वर्षासँगै आएको बाढीका कारण जर्मनी र बेल्जियमसँगै नेदरल्याण्ड्स, लग्जम्बर्गसहितका देश पनि प्रभावित भएका छन् । युरोपका नेताहरुले जलवायु परिवर्तनका कारण यस्तो विपद् आएको बताएका छन् । विज्ञले जलवायु परिवर्तनकै कारण ठू