
प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने
Posted in अंग्रेजी, अर्थतंत्र, आइपियो, ऋणपत्र, गण्डकी प्रदेश, टेक्नोलोजी, बोनस, विचार, विज्ञान र प्रबिधि, विदेश, समाचार, साहित्य, सुचना, सुदूरपश्चिम प्रदेश, स्वास्थ्य, हकप्रद शेयर
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसदमा विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
सर्वोच्च अदालतले २८ असारमा पुनर्स्थापना गरेको प्रतिनिधिसभाको बैठक आज बोलाइएको छ । सर्वोच्चकै परमादेशअनुसार संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिर्छ ।
एमाले र जनता समाजवादी पार्टी (जसपा) मा विवाद चलिरहेकाले विश्वासको मत लिने हतार नगर्ने कांग्रेस नेताहरुले बताएका थिए । तर एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षले स्थायी कमिटी बैठक राखेर विश्वासको मत नदिन सांसदहरुलाई निर्देशन दिएपछि शनिबार एकाकाए नयाँ निर्णय भएको छ ।
कानुन तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार आज बस्ने संसद बैठकमै विश्वासको मत लिने तयारी छ ।