बुटवलमा तीज मिलन कार्यक्रम हुने

Shares

भाद्र १ बुटवल
केरुङ्गेली समाज रुपन्देहीले यस वर्षपनि तीज मिलन कार्यक्रम–२०८२ आयोजना गर्ने भएको छ। रुपन्देहीमा बसोबास गर्ने केरुङ्गेली दिदीबहिनी तथा दाजुभाइबीच आपसी सद्भाव, भेटघाट र सांस्कृतिक आदान–प्रदानलाई अझ सुदृढ बनाउन सो कार्यक्रम राखिएको समाजका अध्यक्ष यज्ञमूर्ति पाण्डेले जानकारी दिनुभयो।कार्यक्रम आगामी भाद्र ७ गते, शनिबार बिहान ११ बजे बुटवल–९, इटाभट्टीस्थित एशियन पार्टी प्यालेसमा हुने छ। कार्यक्रममा रुपन्देहीका विभिन्न क्षेत्रका आमा–बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूको विशेष उपस्थिति रहने समाजले जनाएको छ।

अध्यक्ष पाण्डेले सम्पूर्ण केरुङ्गेली परिवार, दिदीबहिनी तथा मित्रजनलाई कार्यक्रममा उपस्थित भई तीजको उल्लास साटासाट गर्न हार्दिक निमन्त्रणासमेत गर्नुभएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.