एक लाख घुससहित पक्राउ परेका कल्याणपुरका मेयरविरूद्ध मुद्दा

Shares

साउन २३, काठमाडाैं / घुससहित पक्राउ परेका सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहविरूद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले उनीविरूद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

उनले वडा नम्बर ६ स्थित नाला निर्माण योजनाको काम सकेपछि भुक्तानी दिनका लागि सेवाग्राहीसँग घुस माग गरेका थिए। बिचौलियामार्फत घुस माग गरेको सूचना पाएपछि अख्तियारबाट खटिएको टोलीले एक लाख रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ गरेको थियो। अनुसन्धानको क्रममा उनले घुस माग गरेको पुष्टि भएको भन्दै उनीविरूद्ध शुक्रबार मुद्दा दायर गरेको हो। रामपुकार नेकपा एमालेबाट निर्वाचित मेयर हुन्।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.