बुटवल उद्योग वाणिज्य संघको नेतृत्वका लागि पौडेलले गरे प्यानलसहित उम्मेदवारी घोषणा

Shares

बुटवल उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि व्यवसायी नरिश्वर शर्मा पौडेल नेतृत्वको प्यानलले उम्मेदवारी घोषणा गरेको छ ।

बुधबार बुटवलमा पत्रकार सम्मेलनमार्फत् पौडेल नेतृत्वको प्यानलले उम्मेदवारी घोषणा गर्दै २० बुँदे प्रतिवद्धतासमेत सार्वजनिक गरेको छ । यही असोज २३ गतेदेखि शुरू हुने संघको ७३ औं वार्षिक साधारणसभा तथा २६ औं अधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ ।

संघको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका पौडेल संघका पूर्ववाणिज्य उपाध्यक्ष तथा बुटवल–४ का वडाध्यक्षसमेत हुन् ।

उनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराईले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै, उद्योग उपाध्यक्षमा निर्मित कसजु, वाणिज्य उपाध्यक्षमा बाबुराम विश्वकर्मा, महासचिवमा बसन्तप्रसाद ढकाल, कोषाध्यक्षमा प्रतीक पोखरेल, सचिवमा दीपकप्रसाद चापागाईं र सह–कोषाध्यक्षमा कमला पोखरेल पराजुली (मञ्जु)ले उम्मेदवारी घोषणा गरेका छन् ।

यसैगरी, एशोसियट सदस्यमा भानुभक्त खत्री (भानु), उद्योग सदस्यमा सुनिता बञ्जाडे, कृष्णप्रसाद पाण्डे, ज्ञानबहादुर पुन र लेखनाथ भण्डारीले उम्मेदवारी घोषणा गरेका छन् ।

वाणिज्य सदस्यमा गणेशप्रसाद भट्टराई, उमेश अमात्य, जगन्ननाथ न्यौपाने र रामबहादुर भण्डारीले उम्मेदवारी घोषणा गरेका छन् भने महिला सदस्यमा रेनु श्रेष्ठ र मञ्जु पुरी गिरी तथा खुला सदस्यमा विष्णु घिमिरे पन्त (कमला), दीपक घिमिरे, प्रदीप शाक्य, अलिम दिन, कृष्ण श्रेष्ठ, शिवदेव अर्याल र विष्णु उपाध्यायले उम्मेदवारी घोषणा गरेका छन् ।

व्यवसायी पौडेलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै व्यवसायीका समस्या समाधान, संघको संस्थागत सुदृढीकरण, औद्योगिक क्षेत्रको व्यवस्थापन तथा निजी क्षेत्रको हितलाई प्राथमिकतामा राखेर आफू चुनावी मैदानमा उत्रिएको बताए ।

उनले पछिल्लो समय सुस्ताउँदै गएको बुटवलको बजारलाई पुन: चलायमान बनाउँदै बुटवललाई आर्थिक शहरका रूपमा विकास गर्ने आफ्नो योजना रहेको बताए ।

वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार सुरज भट्टराईले निर्वाचित भएपछि व्यवसायीको समस्या समाधानका लागि सम्बन्धित निकायसँग प्रभावकारी समन्वय र नीतिगत पैरवी बताए ।

यसअघि पनि संघका विभिन्न पदमा रहेर काम गरेको उल्लेख गर्दै त्यसक्रममा प्राप्त अनुभवलाई अध्यक्षका रूपमा व्यवसायीको हितमा उपयोग गर्न चाहेको भट्टराईले बताए ।

उद्योगी–व्यवसायीको समस्या नजिकबाट बुझेका कारण तिनको समाधानका लागि प्रभावकारी रूपमा काम गर्ने भट्टराईले प्रतिबद्धता पनि जनाए ।

यसपटक उद्योगी–व्यवसायीले आफूलाई नेतृत्वको जिम्मेवारी दिने विश्वास व्यक्त गर्दै पौडेलले सबै क्षेत्रका व्यवसायीको साथ र सहयोग प्राप्त हुने दाबी गरे ।

 

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.