कास्की आदर्श समाज यूएईद्वारा आयोजित रक्तदान कार्यक्रममा ४८ युनिट रगत संकलन

Shares

श्रीराम रानाभाट, २५ असोज कास्की — गत शनिबार कास्की आदर्श समाज यूएईको आयोजनामा तथा त्रिशक्ति युनाइटेड क्लब, लाहचोक, कास्कीको सहकार्यमा “छैटौं रक्तदान तथा पाँचौं शैक्षिक सम्मान कार्यक्रम” सम्पन्न भएको छ।

कार्यक्रम माछापुच्छ्रे गाउँपालिका–४, लाहचोकस्थित बास्तोला कम्प्लेक्समा सम्पन्न भयो। समाजका उपाध्यक्ष श्रीराम रानाभाटको सभापतित्वमा र माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा ४८ युनिट रगत संकलन गरिएको थियो। कार्यक्रमको सञ्चालन समाजका महासचिव बुद्धि बहादुर रानाभाटले गरेका थिए।

कार्यक्रममा कास्की आदर्श समाज यूएईका नेपालमा रहेका पदाधिकारी तथा घर बिदामा आएका सदस्यहरू, कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधिहरू, त्रिशक्ति युनाइटेड क्लबका सदस्यहरू, साथै लाहचोकका स्थानीय दिदीबहिनी र दाजुभाइहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपाली राष्ट्रिय गान र ‘कास्की गान’सँगै सुरु भएको कार्यक्रममा संयोजक मिन नेपालीले स्वागत मन्तव्य दिएका थिए। कार्यक्रममा अन्तर्राष्ट्रिय समन्वय परिषद्का निवर्तमान वरिष्ठ उपाध्यक्ष हंसराज ढकाल, प्रभात त्रिपाठी, उप–संयोजक चोक प्रसाद दाहाल, पूर्व महासचिव विकास अधिकारी, र रेडक्रस शाखा कास्कीका प्रमुख महेन्द्र के.सी. लगायतका अतिथिहरूले शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रमका क्रममा समाजका आजीवन सदस्यका सन्तानमध्ये शैक्षिक सत्र २०८१/०८२ मा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना सहित प्रशंसा पत्र र मायाको चिनो प्रदान गरिएको थियो।

कास्की आदर्श समाज यूएईले आयोजना गरेको यो छैठौँ रक्तदान कार्यक्रम हो। समाजले यस अभियानलाई प्रत्येक वर्ष निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.