गृहमन्त्री ओमप्रकाश अर्याल एमालेकै जस्तो व्यवहार गर्न थालेको सुदन गुरुङको टिप्पणी

Shares

२७ कात्तिक, काठमाडौं – हामी नेपालका संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति असन्तुष्टि व्यक्त गर्दै उनलाई एमालेको गृहमन्त्री जस्तै व्यवहार गर्न थालेको टिप्पणी गरेका छन्।

नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा बिहीबार लैनचौर पुगेका गुरुङले भने, “उहाँ जेनजी आन्दोलनको बलमा गृहमन्त्री बन्नुभएको हो, तर अहिले सोही आन्दोलनका कार्यकर्तालाई पक्राउ गरिरहनुभएको छ। जेनजीका माग सम्बोधन नगरेको देख्दा उहाँ एमालेको गृहमन्त्रीजस्तो लाग्न थालेको छ।”

गुरुङका अनुसार, गृहमन्त्री अर्यालले निरन्तर “चुनाव-चुनाव” मात्र भन्ने गरेकोले उहाँप्रति शंका उत्पन्न भएको छ। उनले थपे, “जेनजीका माग पूरा नगरी कसरी चुनावमा जान सकिन्छ? हाम्रो आन्दोलन केवल चुनावका लागि होइन, देशमा न्याय स्थापित गर्नका लागि हो।”

उनले गृहमन्त्रीलाई आन्दोलनकारीप्रति न्याय दिलाउने जिम्मेवारी लिनुपर्ने बताउँदै भने, “गृहमन्त्रीको एजेन्डा चुनाव मात्र होला, तर हाम्रो एजेन्डा न्याय हो। उहाँले आन्दोलनकारीप्रति धोका दिनु हुँदैन।”

गुरुङले स्मरण गरे कि जेनजी आन्दोलन समाप्त भएपछि जंगीअड्डादेखि राष्ट्रपति कार्यालयसम्मको वार्तामा गृहमन्त्री अर्याल नै मध्यस्थकर्ता रहेका थिए, त्यसैले अहिले उहाँले आन्दोलनकारीको मागलाई बेवास्ता गर्नु अनुचित भएको टिप्पणी गरे।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.