युवा संघको आयोजनामा शिवराजमा ऐतिहासिक रक्तदान कार्यक्रम सम्पन्न: ११५ जनाले गरे रगतदान

Shares

३१ साउन, कपिलबस्तु- शिवराज नगरपालिका–५ चन्द्रौटामा राष्ट्रिय युवा संघ नेपाल, शिवराज नगर कमिटीले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा १ सय १५ जनाले रगतदान गरेका छन्। कार्यक्रमको जानकारी संघ अध्यक्ष नारायण सापकोटाले दिनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य सुशील श्रीवास्तवले राजनीतिक परिवर्तनका आन्दोलनमा रगत बगाएका युवाहरू अहिले मानवता र समाजसेवामा अग्रसर हुँदै गरेको उल्लेख गर्नुभयो।

एमाले लुम्बिनी प्रदेश सदस्य नेत्रराज अधिकारीले रक्तदानलाई पुण्य कार्यको रूपमा व्याख्या गर्दै समय समयमा रक्तदान गर्नाले अरूको जीवन जोगाउने मात्र नभई आफ्नो स्वास्थ्यमा समेत फाइदा पुग्ने बताउनुभयो।

रक्तदान कार्यक्रम दिउँसो १ बजेसम्म सञ्चालन भएको थियो र यसलाई शिवराज नगरकै ऐतिहासिक रेकर्डका रूपमा लिइएको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो।

कार्यक्रममा शिवराज नगर अध्यक्ष, युवा संघका जिल्ला सह–इन्चार्ज गोपाल मणि ज्ञवाली, केन्द्रीय सदस्य विष्णु हमाल, जिल्ला अध्यक्ष तिलक गिरी लगायतका नेताहरूले पनि कार्यक्रमलाई ऐतिहासिक र प्रेरणादायी बताउँदै युवाको भूमिकाको प्रशंसा गर्नुभयो।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, समाजसेवी अगुवा र संघ–संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

रक्तदान कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल, शिवराज नगर कमिटीको आयोजना र नेपाल रेडक्रस सोसाइटी बुटवल (रुपन्देही) को प्राविधिक सहयोगमा आधारभूत अस्पताल चन्द्रौटामा सम्पन्न भएको थियो।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.