१८ भदौ,काठमाण्डौ – शेयर बजार लगातार दोहोरो अंकले घट्दै गएको छ।
बुधबार नेप्से परिसूचक १५.६४ अंकले घटेर २,७२६.३३ विन्दुमा झरेको छ। यसअघि मंगलबार पनि बजार १९ अंकले ओरालो लागेको थियो।
आज म्युचल फन्ड र व्यापार बाहेक सबै समूहका सूचकमा गिरावट आएको छ। कुल २१३ कम्पनीको शेयर मूल्य घट्दा ३९ कम्पनीको मात्र मूल्य बढेको छ। लिबर्टी इनर्जी कम्पनीको शेयर ७ प्रतिशतले घट्दा, बजार समग्रमा कमजोर रहँदा पनि हिम स्टार ऊर्जा कम्पनीको शेयर १० प्रतिशतले उकालो लागेको छ।
कारोबार रकम भने केही बढेको छ। मंगलबार ४ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएकोमा आज ३२६ कम्पनीका १ करोड १३ लाख कित्ता शेयर ४ अर्ब ७२ करोड रुपैयाँमा किनबेच भएको छ।
Post Views: 3,381






