१३८ सदस्यीय नयाँ नेकपा केन्द्रीय समिति: प्रचण्ड संयोजक, नेपाल सह–संयोजक

Shares

२८ कात्तिक, काठमाडौँ – नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र अन्य १० दलको संयोजनमा बनेको नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को १३८ सदस्यीय केन्द्रीय समितिको नामावली रातोपाटीले प्राप्त गरेको छ।

गत कात्तिक १९ गते माओवादी र समाजवादीसहितका दलहरूले एकता घोषणा गरेका थिए। त्यसअघि एकीकृत दलको केन्द्रीय समिति निर्वाचन आयोगमा दर्ता गरिएको थियो। सो दलको संयोजकमा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजकमा तत्कालीन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका छन्।

आयोगमा बुझाइएको सूचीअनुसार प्रमुख पदाधिकारीहरुमा एकीकृत समाजवादीका झलनाथ खनाल तेस्रो नम्बरमा, बामदेव गौतम चौथो, माओवादीका नारायणकाजी श्रेष्ठ पाँचौँ, अग्निप्रसाद सापकोटा छैटौँ, कृष्णबहादुर महरा सातौँ, जगन्नाथ खतिवडा आठौँ, जयन्तीदेवी राई नवौँ र डा. बेदुराम भुसाल दशौँ नम्बरमा रहेका छन्।

सूचीमा अन्तिम नम्बर १३८ मा प्रचण्डकी बुहारी समेत रहेका माओवादी नेतृ विना मगरको नाम पनि समावेश छ।

केन्द्रीय समितिमा ३३ प्रतिशत महिला सदस्य रहेका छन्।

नेताहरूका अनुसार आयोगमा दर्ता गरिएको १३८ सदस्यीय समितिमा तत्कालीन एकीकृत समाजवादीका ५९ जना, माओवादी केन्द्रका ५६ जना रहेका छन् भने बाँकी सदस्य अन्य दलहरू – नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी, नेकपा (समाजवादी), नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी–समाजवादी), नेकपा (साम्यवादी), माओवादी कम्युनिस्ट केन्द्र र देशभक्त समाजवादी मोर्चाका नेता–कार्यकर्ता हुन्।

एकता घोषणापछि डा. भीम रावल नेतृत्वको मातृभूमि अभियान पनि सो पार्टीमा समाहित भएको छ।

List of 138
😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.