२२ भदौ, काठमाडौं। आज भाद्र शुक्ल पूर्णिमामा खग्रास चन्द्रग्रहण लाग्नेछ। राति १०:११ मा सुरु भएर १:४१ मा सकिने ग्रहण मौसम सफा भए काठमाडौंसहित नेपालभर देख्न सकिनेछ।
यो वर्षको पहिलो चन्द्रग्रहणका बेला चन्द्रमा रातो देखिनेछ, जसलाई ‘ब्लड मुन’ भनिन्छ। धार्मिक विश्वासले ग्रहणलाई अशुभ मान्छन्, तर वैज्ञानिकहरूले सुरक्षित विधिबाट अवलोकन र अध्ययन गर्न सुझाव दिएका छन्।
Post Views: 1,602






