एकीकृत समाजवादीकाे केन्द्रीय सदस्य उमा काफ्ले नेकपा एमालेमा प्रवेश

Shares

साउन २८, बुटवल / नेकपा (एकीकृत समाजवादी)काे केन्द्रीय सदस्य उमा काफ्ले नेकपा एमालेमा प्रवेश गरेकी छिन् । दाङको लमहीमा सुरु भएको एमाले लुम्बिनी प्रदेश कमिटीको पाँचौँ पूर्ण बैठकमा काफ्लेलाई एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले पार्टीमा प्रवेश गराएकी हुन् । रुपन्देहीकी महिला नेतृ काफ्ले सिद्धार्थनगर नगरपालिकाकी पूर्व उपप्रमुख समेत हुन् । बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहितको नेतृत्वको सहभागिता रहेको छ ।

प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षता र केन्द्रीय सचिव तथा लुम्बिनी इन्चार्ज पद्मा अर्यालको प्रमुख आतिथ्यतामा जारी बैठकमा मनोनीत सदस्यको शपथ, अन्तर पार्टी निर्देशन १२ अध्ययन, सचिवालयको निर्णय अनुमोदन, प्रदेश कमिटीमा मनोनयन, वार्षिक कार्ययोजना २०८१ को समीक्षा, वार्षिक कार्ययोजना २०८२ को प्रस्ताव, वडा तथा टोल केन्द्रित अभियानको निरन्तरता र विधान महाधिवेशनको तयारीलगायत एजेन्डामा छलफल भइरहेको छ । बैठकका अन्य एजेन्डामा जिल्ला कमिटी, सल्लाहकार कमिटी र विभिन्न विभागहरूको बैठकसम्बन्धी प्रस्तावहरू समेत रहेका छन् ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.