एमाले केन्द्रीय सदस्यमा उपमेयर सावित्रा अर्याल र निवर्तमान जिल्ला अध्यक्ष केसी मनोनीत

Shares

बुटवल । नेकपा एमालेको केन्द्रीय सदस्यमा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्याल र रुपन्देहीका निवर्तमान जिल्ला अध्यक्ष तेजेन्द्र केसी मनोनीत भएका छन् ।

नेकपा एमालेले १३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकले १३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको पार्टी सचिव महेश बस्नेतले जानकारी दिएका छन् ।

मनोनीत हुनेमा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख अर्याल र रुपन्देहीका निवर्तमान जिल्ला अध्यक्ष केसीसहित मीनप्रसाद गुरुङ, सिर्जना राई, पुष्पा केसी भण्डारी, इन्दु कडरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथप्रसाद साह, तेजमान कन्दङ्वा, टंक आङबुहाङ, नवीन रोका मगर र डबल पाण्डे रहेका छन् ।

एमालेको केन्द्रीय सदस्यमा मनोनीत अर्याल बुटवल उपमहानगरपालिकाकी उपप्रमुख हुन् भने केसी रुपन्देहीका निवर्तमान जिल्ला अध्यक्ष हुन् ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.