२२ साउन, बाँके — कर्णाली विकास बैंकको रु. ३ अर्ब २० करोड हिनामिना प्रकरणमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले संस्थापक अध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।
अदालतले संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपति दयाल मिश्र, र वित्त विभाग प्रमुख वेदप्रकाश सिंह ठकुरीलाई थुनामा राख्न आदेश दिएको हो भने, राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिइएको छ।
अदालतको आदेशमा उल्लेख भएअनुसार, १०३ जना प्रतिवादी अझै फरार छन् र उनीहरूका लागि म्याद तामेली पठाउने प्रक्रिया अघि बढाइएको छ।
जम्मा १०९ जनालाई प्रतिवादी बनाइएको यस प्रकरणमा, बैंकको सञ्चालक समितिका दुई पूर्वअध्यक्ष र एक कर्मचारीलाई अहिले नै रिहा गर्दा मुद्दा प्रभावित हुन सक्ने देखिएकाले थुनामा राखिएको अदालतको ठहर छ।
Post Views: 146






