केरुङ्गाली सम्पर्क समाज रुपन्देहीद्वारा तीज मिलन कार्यक्रम भव्यताका साथ सम्पन्न

Shares

७ भदौ बुटवल –  केरुङ्गाली सम्पर्क समाज रुपन्देहीले यस वर्षको तीज मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष यज्ञमूर्ति पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि समाजका संरक्षक डा. खिमानन्द पाण्डेको विशिष्ट उपस्थिति रहेको थियो।

कार्यक्रममा ८० वर्ष नाघेका जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा चक्रपाणी खनाल, गनकुमारी श्रेष्ठ, टुनकला पाण्डे, मनकला भुसाल, चित्रकला पौडेल, देवकुमारी श्रेष्ठ, लोकनाथ पराजुली, कुलानन्द पाण्डे र मोतिकुमारी खनाल गरि ९ जना रहेका थिए।

सम्मान ग्रहण गर्दै चक्रपाणी खनालले भने जेष्ठ नागरिककाे माया र सम्मान समाजकै गौरव हो। यो सम्मानले हामीलाई मात्र होइन नयाँ पुस्तालाई पनि संस्कृतिप्रतिको जिम्मेवारी सम्झाइदिएको छ।

प्रमुख अतिथि डा. खिमानन्द पाण्डेले कार्यक्रम उद्घाटन गर्दा स्वयंले पुरानो मैलिक गीत “कामना जान्छौँ रानि चरि बगाल  भन्ने गित गाएर  सबैलाई भावविह्वल बनाएका थिए। आफ्नो मन्तव्यमा उनले भने यस्ता कार्यक्रमहरूले हाम्रो मौलिक संस्कृतिलाई निरन्तरता दिने मात्र होइन, नयाँ पुस्तामा ऊर्जा र उत्साह थप्ने काम पनि गर्छन्।”करिब ४०० जना दिदीबहिनी, चेलीबेटी, आमाबुबा तथा दाजुभाइहरूको उत्साहजनक सहभागिताले कार्यक्रम उल्लासमय बनेको थियो। नाचगान, रमाइलो संवाद र भेटघाटले तीज मिलनलाई साँच्चिकै परिवारिक र सांस्कृतिक उत्सवमा परिणत गर्‍यो।समापन भाषणमा अध्यक्ष यज्ञमूर्ति पाण्डेले भने,
“आजको व्यापक सहभागिताले हाम्रो समाजलाई अझ धेरै र अझ भव्य कार्यक्रम सञ्चालन गर्ने प्रेरणा र ऊर्जा दिएको छ।”

कार्यक्रमको स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष शालिग्राम खनालले गरेका थिए भने सञ्चालन सचिव शोभाखर पाण्डेले गरेका थिए।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.