जीविकोपार्जनको विकल्प माग्दै दृष्टिविहीन व्यवसायीको माइतीघरमा धर्ना

Shares

काठमाडौं, ९ असार — स्वरोजगारमा संलग्न दृष्टिविहीन व्यवसायीहरूले जीविकोपार्जनको वैकल्पिक व्यवस्था गर्न माग गर्दै काठमाडौंको माइतीघरमा धर्ना दिएका छन्।

सडक पेटीलाई कार्यक्षेत्र बनाएर व्यवसाय सञ्चालन गर्दै आएका दृष्टिविहीनहरूको समूहले मंगलबार विरोध कार्यक्रम आयोजना गर्दै राज्यका विभिन्न निकायबाट भइरहेको धरपकडका कारण आफ्नो रोजीरोटी संकटमा परेको गुनासो गरेको छ।

आन्दोलनरत व्यवसायीहरूले पर्याप्त वैकल्पिक व्यवस्था नगरी सडक पेटीबाट जबरजस्ती हटाउने प्रयास गरिएको आरोप लगाएका छन्। उनीहरूका अनुसार सडक पेटीमा व्यवसाय गर्नु रहर नभई जीविकोपार्जनको बाध्यता हो।

धर्नामा सहभागीहरूले घाम, पानी, धुलो र प्रदूषण सहेर पनि परिवारको गुजारा चलाउन सडक पेटीमा व्यवसाय गर्नुपरेको बताउँदै सरकारले सम्मानजनक रोजगारी वा उपयुक्त कार्यस्थलको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।

दृष्टिविहीन व्यवसायीहरूले वैकल्पिक व्यवस्थाको सुनिश्चितता नभएसम्म आफ्नो आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.