तीज गीत बाहुनी मन पर्छ ले मच्चायो धमाका

Shares

कमल प्रसाद न्याैपाने
२३ साउन बुटवल  सांगीतिक यात्रामा निरन्तर सक्रिय गायक वसन्त लम्सालको नयाँ तीज गीत बाहुनी मन पर्छ अहिले होटल, पार्टी प्यालेसदेखि विभिन्न तीज महोत्सवहरूमा निकै चर्चित बनेको छ। तीज नजिकिँदै गर्दा रमाइलो माहोलमा गायक लम्साल लाैसा महोत्सवमा उपस्थित भई दर्शकलाई नचाएका थिए। कार्यक्रममा सहभागी दर्शकहरूले गीतलाई निकै मन पराएका थिए।

अर्घाखाँचीमा जन्मिएका र बुटवललाई कर्मभूमि बनाएका लोक तथा दोहोरी गायक वसन्त लम्सालले पुनराज बेल्बासेको शब्दमा तयार ‘बाहुनी मन पर्छ’ बजारमा ल्याएपछि छोटो समयमै निकै चर्चा बटुलेका छन्। गीतमा वसन्त लम्साल, शिलु भट्टराई, नारायण बिपी परियार र रितु बोहराको स्वर रहेको छ। यो गीत वसन्त लम्सालको आधिकारिक युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।पछिल्ला वर्षमा तीज गीतमा देखिएको अश्लीलता र सांस्कृतिक विकृति विरुद्ध सन्देश दिँदै मौलिकपन जगेर्ना गर्ने उद्देश्यले यो गीत बजारमा ल्याएको लम्सालले बताएका छन्। (वि.सं. २०६८) बाट सांगीतिक यात्रा सुरु गरेका लम्सालको पहिलो एल्बम बिछोडको घाउ निकै चर्चित भएको थियो। त्यसपछि श्रद्धाञ्जली नदेऊ आम्मालाई प्रपोज शोकाकुल लगायतका गीत सार्वजनिक गरेका उनले केही समयअघि रिलिज भएको ‘मगरनीको तिनपाने’ मार्फत पनि दर्शक–श्रोतालाई मोहित पारेका थिए।

वसन्त लम्साल हाल नेपाली लोकसंगीत क्षेत्रमा उदाउँदै गरेका एक प्रतिभाशाली गायकका रूपमा पहिचान बनाउन सफल भएका छन्।

😀
0
😍
0
😢
0
😡
0
👍
2
👎
0

1 Comment

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.