देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा मध्यम वर्षाको सम्भावना

Shares

२० असोज, काठमाडौँ — हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशहरूमा आंशिक बदलीको अवस्था रहनेछ।

कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका पहाडी र तराई भू-भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।

आज राति पनि कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान अनुसार यात्रा गर्दा वा बाहिरी क्रियाकलाप गर्दा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.