फ्रान्समा अस्थिरता गहिरियो: १३ महिनामा चौथो प्रधानमन्त्रीले दिए राजीनामा

Shares

२१ असोज, काठमाडौं – फ्रान्सका प्रधानमन्त्री गेब्रियल लेकोर्नूले आइतबार मात्रै नयाँ मन्त्रिपरिषद् घोषणा गरेका थिए, तर त्यसको १२ घण्टा नबित्दै राजीनामा दिएर सबैलाई चकित पारेका छन्। उनी १३ महिनामा फ्रान्सका चौथो प्रधानमन्त्री बनेका थिए।

लेकुर्नूको राजीनामाले फ्रान्सको राजनीतिक संकट अझ जटिल बनाएको छ। उनका पूर्ववर्ती फ्रान्स्वा बाएरूले सेप्टेम्बरमा संसदबाट विश्वास मत नपाएपछि राजीनामा दिएका थिए।

३९ वर्षीय लेकोर्नू राष्ट्रपति एमानुएल म्याक्रोंका निकट सहयोगी हुन्। सन् २०२२ मा म्याक्रों पुनः राष्ट्रपति बनेपछि उनी पाँचौँ प्रधानमन्त्रीका रूपमा नियुक्त भएका थिए। संसद विघटनपछि तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएका उनी एक वर्षमै सत्ताबाट बाहिरिए।

राजीनामापछि विपक्षी आक्रोशित, म्याक्रोंको राजीनामाको माग

लेकुर्नूको राजीनामापछि फ्रान्सको संसदमा बलियो बहुमत नभएको अवस्था झनै पेचिलो भएको छ। दक्षिणपन्थी नेतृ म्यारिन ल पेन र अन्य विपक्षी दलहरूले राष्ट्रपति म्याक्रोंलाई संसद विघटन गरी नयाँ निर्वाचनको घोषणा गर्न माग गरेका छन्।

ल पेनले भनिन्, “राष्ट्रपतिले राजीनामा दिनु नै अहिलेको बुद्धिमानी विकल्प हो।” तर म्याक्रोंले पद नछाड्ने अडान दोहोर्याउँदै आएका छन्।

क्याबिनेट गठनमै असन्तुष्टि

लेकुर्नूले बनाएको नयाँ मन्त्रिपरिषदप्रति व्यापक असन्तुष्टि देखिएको थियो।
विशेष गरी अर्थमन्त्रीको रूपमा सात वर्षसम्म सेवा गरिसकेका ब्रुनो लेमेयरलाई रक्षामन्त्री बनाइएको निर्णयको सबैभन्दा बढी आलोचना भएको हो।

म्याक्रों समर्थक पार्टी लेस रिपब्लिकनले भनेको छ, “नयाँ मन्त्रिपरिषदमा खासै परिवर्तन देखिएन, जबकि लेकोर्नूले ‘नयाँ सुरुवात’को प्रतिबद्धता जनाएका थिए।”

किन पटक–पटक प्रधानमन्त्री फेरिन्छन्?

सन् २०२४ को आमचुनावपछि फ्रान्सको संसद तीन भागमा विभाजित छ – वामपन्थी, अतिदक्षिणपन्थी, र म्याक्रोंको मध्यम–दक्षिण गठबन्धन। कुनै पक्षसँग स्पष्ट बहुमत नहुँदा न त नीति पास गर्न सकिन्छ, न त बजेट। त्यसैले बारम्बार सरकार असफल हुँदै आएको छ।

लेकुर्नूको मुख्य काम बजेट पास गरेर सरकारी खर्च नियन्त्रण गर्नु थियो, जुन काममा उनका पूर्व प्रधानमन्त्रीहरू पनि असफल भइसकेका थिए। बजेटमा सहमति नहुँदा सरकारमा अस्थिरता झन् बढेको हो।

कठोर आर्थिक नीतिको विरोधमा सडकमा जनता

सरकारले घाटा कम गर्न सार्वजनिक खर्चमा कटौती गर्ने योजना ल्याएको छ, जसको तीव्र विरोध भइरहेको छ। ट्रेड युनियन र वामपन्थी दलहरूले कडा विरोध जनाइरहेका छन्। देशका विभिन्न भागमा ठूलो संख्यामा विरोध प्रदर्शन र हडताल भइरहेका छन्।

अब के हुन्छ? म्याक्रोंसामु तीन चुनौतीपूर्ण विकल्प

नयाँ प्रधानमन्त्री नियुक्त गर्ने:
तर आफ्नै खेमाभित्र उपयुक्त नेता खोज्न गाह्रो छ। वामपन्थी वा अतिदक्षिणपन्थीलाई प्रधानमन्त्री बनाउने निर्णय राजनीतिक रूपमा जोखिमपूर्ण हुन सक्छ। केही विश्लेषकले भने म्याक्रोंलाई ‘टेक्नोक्र्याट’ अर्थात् गैरदलीय व्यावसायिक व्यक्ति नियुक्त गर्न सुझाव दिएका छन्।

संसद विघटन गरेर नयाँ चुनाव गराउने:
तर सर्वेक्षणअनुसार यसले स्थिरता ल्याउने ग्यारेन्टी छैन। बरु अतिदक्षिणपन्थी नेत्री म्यारिन ल पेन सत्तामा आउन सक्ने सम्भावना बलियो छ।

राष्ट्रपतिले स्वयं राजीनामा दिने:
यद्यपि म्याक्रोंले सन् २०२७ को कार्यकाल सकिएसम्म पद नछाड्ने स्पष्ट बताएका छन्।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.