भद्र बन्दीगृहमा शान्त टोपबहादुर

Shares

१६ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः नेकपा एमालेको राजनीतिमा फर्कन हुन्छ वा हुँदैन ? सदस्यता नवीकरण गर्ने वा नगर्ने ? यी र यस्तै पार्टी भित्रका अन्तरसंघर्ष चलिरहँदा एमालेका सचिवका हैसियतमा उनको दौडधुप पनि त्यति नै बिजुली गतिमा हुन्थ्यो होला ।

पार्टीभित्रका अन्तरसंघर्ष, विवाददेखि सरकार र सदनसम्म उच्च तहको नेताको हैसियतले उनी अक्सर व्यस्त हुन्थे, हुनुपर्थ्यो । तर पछिल्लो दुई वर्षदेखि यी सबै गतिविधि र दौडबाट टाढा छन् । राष्ट्रिय राजनीतिको दौडमा व्यस्त हुनुपर्ने उनी अहिले केन्द्रीय कारागार (जगन्नाथ देवल) सुन्धाराको भद्रबन्दीगृहमा सुस्केरा हाल्दैछन् । उनी हुन्, एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी ।

अहिलेको कारागारको अवस्थालाई नजिकबाट नियाल्दा जनयुद्धका सैन्य कमान्डर, मार्सल आर्टका खेलाडी र पूर्वउपप्रधानमन्त्रीको विगत रायमाझीको थियो त ? भन्नेसम्म लाग्न सक्छ । विगतका बहादुर सैन्य कमान्डर रायमाझीको दिनचर्या ३१ वैशाख २०८० मा बुढानीलकण्ठबाट पक्राउ परेयता सधैंजसो एउटै छ ।

फरक यत्ति हो, पहिला करिब दुई महिना हिरासतमा थिए भने अहिले कारागारमा छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने घटनामा जोडिएपछि उनी कारागार पुगेका थिए ।

राष्ट्रिय राजनीतिमा व्यस्त हुनुपर्ने रायमाझी अहिले कारागारमा गुमनाम जीवन बिताइरहेका छन् । यसबारे रायमाझीलाई नै भेटेर अन्तरकुन्तर खोतल्ने प्रयास अनलाइनखबरले गरेको छ ।

भद्र बन्दीगृहका १ हजार ३६२ कैदीबन्दीमध्ये एक हुन् रायमाझी । नेकपा एमालेको सचिवसमेत भइसकेका र उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका रायमाझी अहिले वर्तमान राजनीतिबारे जानकारी त राख्छन् । तर त्योभन्दा बढी पीडा उनलाई आफ्नै मुद्दाको छ ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.