मतदाता नामावली संकलनको म्याद थपिने तयारी

Shares

२८ कात्तिक, काठमाडौं – निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताका लागि थप पाँच दिन म्याद बढाउने तयारी गरेको छ। आयोगले पहिले कात्तिक मसान्तसम्म नाम दर्ता खुला राख्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री सुशीला कार्कीले आजै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई टेलिफोन गरी म्याद बढाउन आग्रह गरेकी थिइन्। आयोगका स्रोतका अनुसार, नामावली दर्तामा देखिएको उच्च चाप र उत्साहलाई ध्यानमा राख्दै आयोगले समय थप गर्ने तयारीमा छ।

राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा अनलाइनबाट दर्ता गराउनेहरूमा पनि भारी चाप देखिएको छ। केही राजनीतिक दलहरूले समेत मतदाता नामावलीमा नाम दर्ताको समय बढाउन अनुरोध गरेका छन्।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीका अनुसार, आयोग यसबारे सकारात्मक रहेको छ र आवश्यक निर्णय छिटै सार्वजनिक गरिनेछ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.