मलेखु–मुग्लिङ सडकमा दुई बस ठोक्किँदा धेरै घाइते

Shares

२१ मंसिर, काठमाडौं । मलेखु–मुग्लिङ सडकखण्डअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–६ स्थित तिङ्ग्राङखानीमा दुई बस एकआपसमा ठोक्किँदा यात्रुहरू घाइते भएका छन्।

घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि अस्पताल पुर्‍याइएको छ। धेरैजसोको अवस्था सामान्य रहेको जोगिमारा प्रहरीले जानकारी दिएको छ।

विपरीत दिशाबाट आइरहेका दुई बस आज दिउँसो करिब १२:१५ बजेतिर एकअर्कामा ठोक्किएका हुन्। ठोक्किएपछि केही यात्रु सवारीभित्रै फसेका थिए, जसलाई झ्यालका सिसा फुटाएर उद्धार गरिएको प्रहरीले बताएको छ।

दुर्घटनाबारे विस्तृत विवरण भने आउन बाँकी छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.