माथागढी गाउँपालिका १ चिदीपानीमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न, बिरकोट युवा क्लब प्रथम

Shares

बुटवल,पाल्पा जिल्लाको माथागढी गाउँपालिका वडा नम्बर १ चिदीपानी स्थित अर्पिडा युवा क्लबले आयोजना गरेको मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

पाँच दिनसम्म चलेको उक्त प्रतियोगितामा जम्मा ३६ टिमको सहभागिता रहेको थियो। खेलको फाइनल प्रतिस्पर्धापछि बिरकोट युवा क्लबले प्रथम, आयोजक अर्पिडाडा युवा क्लबले दोस्रो र रमैडाडा युवा क्लबले तेस्रो स्थान हासिल गरेका छन्।

विजयी टिमहरू र सहयोगी व्यक्तित्वहरूलाई माथागढी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी राजकुमार पन्थीले नगद, मेडल, शिल्ड र प्रमाणपत्रद्वारा सम्मानसहित पुरस्कार वितरण गर्नुभएको थियो।

यस अवसरमा, प्रमुख अतिथी वडा अध्यक्ष राजकुमार पन्थीले यस्ता खेलकुद कार्यक्रमले मानवीय स्वास्थ्य क्षेत्र, खेलाडी पहिचान, युवा पुस्ताबीच भावनात्मक एकता र स्थानीय पहिचान समेत उजागर भएको बताउनुभयो।”यस्ता खेलकुद कार्यक्रमले मानवीय स्वास्थ्य क्षेत्र, खेलाडी पहिचान, युवा पुस्ताबीच भावनात्मक एकता र स्थानीय पहिचान समेत उजागर भएको छ।”

उहाँले खेल क्षेत्र मात्र नभई युवाहरूको भावना, समुदायको अपेक्षा र आवश्यकता अनुसार जनमुखी काम निरन्तर गर्दै जाने युवा माझ प्रतिबद्दता व्यक्त गर्नुभयो।

प्रतियोगिता समापन कार्यक्रममा वडा सदस्य लीला कुमारी विक, युवा समाजसेवी शेर बहादुर विक, कमल गाहा, विष्णु सारु, बालकृष्ण राउत, तारा बहादुर विक लगायतको विशेष उपस्थिति रहेको थियो।

युवा क्लबका अध्यक्ष मिलन सारुले खेलकुद कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिने र हरेक विकास निर्माण कार्यमा युवा क्लबको सहभागितासहित सहयोग रहने बताउनुभयो।

पाँच दिनसम्म चलेको उक्त खेलकुद प्रतियोगिता समापन कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष मिलन सारुले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन मोहन सारुले गर्नुभएको थियो।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.