राति मधेश प्रदेशसहित केही ठाउँमा हल्कादेखि मध्यम वर्षा

Shares

१७ साउन,काठमाण्डौ – गएराति मधेश प्रदेशसहित देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
रौतहट, सर्लाही, महोत्तरी, सिन्धुली, सिन्धुपाल्चोक, रामेछाप, कैलालीलगायतका ठाउँमा मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सिन्धुलीको मरिनखोला कुसुनटार, सिन्धुलीगढी, रामेछापको मन्थली एरपोर्ट वर्षामापन केन्द्र र आसपास मध्यम वर्षा मापन भएकोले ती क्षेत्र भई बहने ग्वाङ खोला, मरिन खोला आसपासमा सतर्कता अपनाउ बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
मधेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि रोपाइँ गर्न र रोपेको खेतमा सिँचाइ गर्न पुग्ने गरी भने पानी पर्न सकेको छैन ।
आज गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका धेरै ठाउँहरुमा तथा तराई भू-भागका केही ठाउँहरुमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.