राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेटवार्ता

Shares

साउन २५, काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले आइतबार बिहान शितलनिवास पुगेर राष्ट्रपति पौडेललाई भेटेका हुन्।

भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तुर्कमेनिस्तानमा भएको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिएर स्वदेश फर्किएपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्। भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानमा भएको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए। भेटमा समसामयिक विषयहरूमा समेत कुराकानी भएको सचिवालयले जनाएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.