२ भदौ, पाल्पा । २०६ औं भगवती जात्राको अवसरमा लायन्स क्लव अफ पाल्पा रानिमहलको आयोजनामा हिजो भदौ १ गते तानसेन टुडिखेलस्थित वाचनालयमा “मधुमेह जाँच तथा पानी वितरण कार्यक्रम” सम्पन्न भएको छ। कार्यक्रममा रक्तचाप संवन्धि स्वास्थ्य जाँच समेत गरिएको थियो।

कार्यक्रम क्लबका अध्यक्ष ला तुलबहादुर अधिकारीको अध्यक्षतामा सञ्चालन भएको थियो। संयोजकको जिम्मेवारी ला कोशिश भण्डारीले गरेका थिए। स्वास्थ्य परीक्षणको नेतृत्व लायन डा. सौरभ श्रेष्ठले गरेका थिए भने उनको टोलीमा लियो डा. प्रशंसा बज्राचार्य र लियो डा. दीक्षान्त शाक्य समेत सहभागि थिए।

कार्यक्रमलाई यो किड्ज जोन र ड्रिंक-अप ले प्रायोजन गरेका थिए।स्वास्थ्य परीक्षण र निःशुल्क पानी वितरण सेवा प्रभावकारि रुपमा सम्पन्न् भएको क्लवका अध्यक्ष ला. तुलबहादुर अधिकारीले जानकारि बताउनु भयो ।
Post Views: 1,330






