लुम्बिनी फोटोग्राफर सङ्घको १९ औ वार्षिक साधारण सभा सम्पन्न

Shares

२३ कात्तिक, बुटवल – लुम्बिनी फोटोग्राफर सङ्घको १९ औ वार्षिक साधारण सभा बुटवलको तिलोतमा रहेको होटल बन्धु प्रा,लीमा कार्तिक २२ गते शनिबारको दिन सम्पन्न भएको छ।

संघका अध्यक्ष दिनेश अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल फोटोग्राफर महासङ्घ का केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेशका अध्यक्ष वसन्त जोशी विशिष्ट अतिथिमा नेपाल फोटोग्राफर महासङ्का सचिव गणेश दङ्गाल संस्थाका संस्थापक अध्यक्ष नीलकण्ठ भट्टराई अतिथिहरूमा संस्थाका महासङ्घका केन्द्रीय सदस्य  माधवप्रसाद पन्थ गुल्मीका अध्यक्ष प्रकाश चौधरी रहनुभएको थियो कार्यक्रमकै अवसरमा लुम्बिनी फोटोग्राफर सङ्घले विभिन्न संघले आयोजना गरेको कार्यक्रममा उत्कृष्ट फोटो अभाड पाउने फोटोग्राफरहरू सँगै संघले अग्रज महिला र सक्रिय युवा फोटोग्राफरको रुपमा समेत सम्मान गरेको  थियो। यस्तै नेपाल फोटोग्राफर महासङ्घमा प्रतिनिधित्व गरिरहेका वरिष्ठ उपाध्यक्ष माधवप्रसाद पन्त महासचिव प्रेमबहादुर अर्याल सचिव थान प्रसाद डुम्रे सदस्यहरूमा मोहन मतो कमला घर्ती गीता पंगेनी र सुरज भुसाललाई सम्म सम्मान गरेको हो। कार्यक्रमको सञ्चालक लुम्बिनी फोटोग्राफर संघका महासचिव त्रिभुवन पाण्डेले गर्नुभएको थियो।

समाचार सुजन न्याैपाने

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.