सन्तोष परियारले रास्वपा छोड्दै नयाँ राजनीतिक अभियानमा सक्रिय हुने घोषणा

Shares

२८ कात्तिक, काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेका नेता सन्तोष परियारले फरक खालको राजनीतिक अभियानमा सक्रिय हुने घोषणा गरेका छन्।

परियारले पार्टीमा रहेका सबै जिम्मेवारी र साधारण सदस्यतासमेत त्यागेको घोषणा गर्दै आफू नयाँ राजनीतिक पहलमा लाग्ने बताएका छन्।

राजीनामा पत्रमा उनले उल्लेख गरेका छन्, “नेपाली राजनीतिक आन्दोलनको पुनर्संरचना, राजनीतिक अवधारणाहरूको पुनःपरिभाषा र सङ्गठनहरूको पुनर्गठन हाम्रो पुस्ताको ऐतिहासिक जिम्मेवारी हो। बदलिँदो परिस्थितिलाई आत्मसात गर्दै यस ऐतिहासिक घडीमा नेपाली राजनीतिक आन्दोलनलाई राष्ट्रहित र जनताको जीवनसँग जोड्न म फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिमा छु। यसकारण, कार्तिक २८, २०८२ देखि म रास्वपाको कुनै पनि जिम्मेवारीमा नरहने र साधारण सदस्यतासमेत छोड्ने निर्णय गरेको छु।”

परियारले पार्टीमा रहँदा आफूलाई सहयोग गरेका सबै सहकर्मीप्रति आभार व्यक्त गर्दै भनेका छन्, “देश निर्माण र समाज रुपान्तरणको यात्रामा, साथै आम नेपालीको जीवनलाई गुणस्तरीय, सुरक्षित र समृद्ध बनाउन सक्ने राजनीतिक अभियानमा फेरि भेटिएमा सहकार्य फलदायी हुनेछ।”

राजीनामा पत्रमा उनले पार्टीभित्र वैकल्पिक राजनीतिक सोच विकासका लागि आफू निष्ठापूर्वक काम गरेको तर संस्थागत रूपमा विचार बहसलाई अघि बढाउन नसकेको स्वीकार गरेका छन्। उनले थपे कि नेपाली समाजको विशेषताअनुसार स्पष्ट राजनीतिक दृष्टिकोण निर्माण गर्न अझ धेरै प्रयास आवश्यक छ।

परियारले भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनले परम्परागत राजनीतिक ढाँचालाई चुनौती दिँदै नयाँ चेतना सिर्जना गरेको र आगामी राजनीतिक दिशाबारे व्यापक पुनर्विचार आवश्यक भएको बताए। उनले नेपाली राजनीतिक आन्दोलनको पुनर्संरचना, अवधारणाको पुनःपरिभाषा र सङ्गठनहरूको पुनर्गठनलाई आफ्नो पुस्ताको ऐतिहासिक जिम्मेवारी भएको पनि जोड दिएका छन्।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.