सामाजिक सञ्जालमार्फत ठगी गर्ने एक जना पक्राउ

Shares

१३ भदौ, काठमाडौं — सामाजिक सञ्जालमा नक्कली परिचय (आईडी) बनाएर ठगी गरेको आरोपमा एक जना युवा पक्राउ परेका छन्।

पक्राउ पर्ने व्यक्ति काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ घर भई हाल काठमाडौं कपन बसोबास गर्दै आएका २७ वर्षीय रवि लामा हुन्। उनलाई बुधबार काठमाडौं चाबहिलस्थित गणेशस्थानबाट पक्राउ गरिएको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले लामालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार लामा फेसबुक, ह्वाट्सएप, टिकटकजस्ता सामाजिक सञ्जालमा नक्कली आईडी प्रयोग गरी साथी बनाउने, उपचारको बहाना देखाई आर्थिक सहयोग माग्ने, रोजगारी मिलाइदिने झुटा आश्वासन दिने लगायतका गतिविधिमा संलग्न थिए। ठगीसहितको आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रमाण पाएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका लामालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.