३० असौज,काठमाडौँ – सुनको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलाको मूल्य दुई हजार रुपैयाँले बढ्दै २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो यसै समयमा सुनको मूल्य तोलाको २ लाख ४८ हजार ९ सय रुपैयाँ थियो।
चाँदीको मूल्य पनि आज वृद्धि भएको छ। चाँदी तोलामा ३५ रुपैयाँले बढेर ३ हजार २ सय ७५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ। हिजो यसको मूल्य ३ हजार २ सय ४० रुपैयाँ थियो। यसअघि, चाँदीको मूल्य अहिलेसम्मकै उच्च तोलाको ३ हजार ३ सय २५ रुपैयाँ पुगेको थियो।
Post Views: 2,883






