२७ साउन,काठमाडौँ
आज देशका पहाडी भू–भागका धेरै स्थानमा र मधेस प्रदेशसहित अन्य प्रदेशका तराई भेगका केही ठाउँमा मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भागका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ।
आज राति मधेस प्रदेश, कोशी र बागमती प्रदेशको पहाडी तथा तराई भागका केही स्थानमा, गण्डकी प्रदेशको पहाडी र तराई, साथै लुम्बिनी प्रदेशको तराई भागका एक–दुई स्थानमा ठूलो वर्षा पर्न सक्ने अनुमान गरिएको छ। यसअघि गएराति र बिहानपख देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ।
Post Views: 335






