अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिवस जिसीका अनुसार भूमिकास्थान नगरपालिका–२, भूमेकाथानमा लु ६४प ७४७१ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा भूमिकास्थान नगरपालिका–८ का अन्दाजी ६२ वर्षीय देवीराम आचार्य र उनका २३ वर्षीय छोराको मृत्यु भएको हो।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Post Views: 131





