बड्की आइतबारको अवसरमा ८ गते आइतबार लुम्बिनी प्रदेशका ६ जिल्लामा सार्बजनिक बिदा

Shares

रुपन्देही, ५ भदौ । लुम्बिनी प्रदेश सरकाले बड्की आइतबार पर्वको अवसरमा भदौ ८ गते आइतबार लुम्बिनी प्रदेशका ६ जिल्लामा सार्बजनिक बिदा दिएको छ । थारु समुदायको बसोबास बढी रहेको दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक गरेको छ ।

थारू समुदायमा महत्वका साथ मनाइने बड्की आइतबार पर्व यस वर्ष भदौ ८ गते आइतबार परेको छ । यो पर्वमा थारू समुदायका पुरुषहरू उपवास ‘ब्रत’ बस्ने चलन छ । यो पर्वमा निराहार व्रत बसी सूर्यको पूजा गरी मनाइने साँस्कृतिक मान्यता छ ।

थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकको रूपमा मान्दै आएका छन् । पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ । कुशे औंसीपछिको पहिलो आइतबार यो पर्व मनाउने गरिन्छ ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.