चितवनमा नारायणगढ–मुग्लिन सडकखण्ड सुक्खा पहिरोले अवरुद्ध, स्कुटर चालक घाइते

Shares

१ भदौ, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा आज बिहान माथिबाट चट्टानसहित पहिरो खस्दा सडक पूर्णरूपमा बन्द भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार दुईवटा ‘जेसिभी’ प्रयोग गरेर सडक खुलाउने प्रयास भइरहेको छ। तर, अझै पनि ढुङ्गा खस्ने क्रम नरोकिएकाले केही समय लाग्ने उनले बताए।

सडक अबरुद्ध हुँदा गन्तव्यतर्फ जाँदै गरेका सवारीसाधन रोकिनुपरेको छ। यस क्रममा स्कुटरमा सवार एक व्यक्ति घाइते भएका छन्।

नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०६-००३ प ३८१६ नं. को स्कुटरमा माथिबाट खसेको ढुङ्गा लाग्दा रत्ननगर नगरपालिका–३ का सन्दीप रिजाल घाइते भएका हुन्। उनको अवस्था मध्यम रहेको र उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.