महाअभियोग र विवादित विधेयकबारे छलफल गर्न कांग्रेस–एमाले सांसद आकस्मिक रूपमा सिंहदरबारमा बैठकमा

सिंहदरबारमा कांग्रेस र एमाले सांसदहरूको आकस्मिक बैठक
Shares

३ भदौ ,काठमाडौं – सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेले आकस्मिक रूपमा आफ्ना सांसदहरूलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उपस्थित हुन आह्वान गरेका छन्।

उपसभामुख इन्दिरा रानामगरविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र संसद्मा विचाराधीन विवादित विधेयकसम्बन्धी दलको धारणा तय गर्ने उद्देश्यले सांसदहरूलाई बोलाइएको स्रोतले जनाएको छ। छलफलसँगै हस्ताक्षरको प्रक्रिया पनि हुने बताइएको छ।

कांग्रेसले आफ्ना सांसदहरूलाई दिउँसो १२ बजेभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ भने एमालेले बिहान साढे १० बजे भेला हुन आह्वान गरेको छ।

उपसभामुख रानामगरमाथि संसद् सचिवालयको लेटरप्याड प्रयोग गरी विभिन्न व्यक्तिलाई अमेरिकी भिसाका लागि सिफारिस पत्र लेखेको आरोप लाग्दै आएको छ। उनी संवैधानिक परिषद्को सदस्य भएकाले, परिषद्मा कांग्रेसको प्रतिनिधित्व नभएको अवस्थामा उनलाई हटाउने प्रयास यसअघि पनि गरिएको थियो।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.