४ भदौ,काठमाडौँ – गएराति देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा सबैभन्दा बढी ५५.२ मिलिमिटर वर्षा दार्चुलामा मापन गरिएको छ।
झापा, मोरङ, उदयपुर, अछाम, जुम्ला, डोटी र बाजुरामा पनि हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ। आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानमा र तराईका थोरै क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना छ।
महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा ठूलो पानी पर्न सक्ने देखिन्छ। हाल मनसुनको न्यून चापीय रेखा दक्षिणतर्फ रहेकोले नेपालमा मनसुन केही कमजोर भए पनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेकाले वर्षाको क्रम भने जारी रहने जनाएको छ।
Post Views: 1,482






