काठमाडौं महानगरपालिकाले डेंगु नियन्त्रणका लागि ‘वाक एन्ड एक्ट’ मेगा अभियान सुरु गर्यो

Shares

६ भदौ, काठमाडौं। काठमाडौं महानगरपालिकाले डेंगु नियन्त्रणका लागि आज एकदिने मेगा अभियान सञ्चालन गर्ने भएको छ। बिहान ८ बजे राष्ट्रिय सभागृहबाट सुरु हुने यो अभियानलाई ‘वाक एन्ड एक्ट’ नाम दिइएको छ।

महानगरको स्वास्थ्य विभाग प्रमुख दीपक कुमार केसीका अनुसार अभियान अन्तर्गत लामखुट्टे प्रजनन हुने स्थान नष्ट गर्ने, डेंगुबाट बच्ने उपायबारे जनचेतना फैलाउने, माइकिङलगायतका गतिविधि गरिनेछ।

गत साउन २७ गते विभागीय बैठकले गरेको निर्णयअनुसार महानगरपालिकाका सबै वडामा एकै समयमा यो अभियान सुरु गर्न लागिएको हो। यसअघि डेंगु नियन्त्रणका लागि हरेक शुक्रबार यस किसिमको अभियान सञ्चालन हुँदै आएको थियो।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.