“नेपालमा मनसुन पश्चिममा सक्रिय: गण्डकीदेखि सुदूरपश्चिमसम्म ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह”

Shares

२९ साउन,काठमाडौँ –

नेपालमा मनसुनको सक्रियता पूर्वको तुलनामा पश्चिम क्षेत्रमा बढी देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर स्थित छ।

आज दिउँसो गण्डकी प्रदेशदेखि सुदूरपश्चिमसम्मका विभिन्न स्थानमा ठूलो वर्षा हुने सम्भावना छ। विशेषगरी गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका एक/दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ।

मधेश प्रदेश र अन्य केही क्षेत्रमा मध्यम खालको वर्षा पर्नेछ। राति गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागमा मध्यम वर्षाको पूर्वानुमान गरिएको छ।

भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम बढ्ने, ठूला तथा साना नदी–नालामा पानीको सतह बढ्न सक्ने र यातायात प्रभावित हुन सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.