६ भदौ,काठमाडौं – गएराति गण्डकी प्रदेशदेखि पश्चिमका विभिन्न जिल्लामा भारी वर्षा भएको छ। कास्की, गोरखा, रुपन्देही, पाल्पा, दाङ, रुकुम पूर्व, नवलपरासी, कपिलवस्तु, बाँके र रोल्पालगायतका स्थानमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तीमध्ये कास्की, रुपन्देही र रुकुम पूर्वमा वर्षा विशेष रूपमा बढी भएको बताइएको छ।
काठमाडौं उपत्यकासहितका अन्य ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ। लगातारको वर्षाले भेलबाढी र पहिरोको जोखिम बढेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
महाशाखाका अनुसार आज कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी क्षेत्र र तराई भू–भागका केही स्थानमा पनि भारी वर्षा हुने सम्भावना रहेको छ।
Post Views: 1,668






