प्रधानमन्त्री ओली बेइजिङ प्रस्थान, उपराष्ट्रपतिसँग भेटपछि विजयोत्सव समारोहमा सहभागी हुने

Shares

१७ भदौ,काठमाण्डौ – शाङ्घाई सहयोग संगठन (एससिओ) प्लसको शिखर सम्मेलनमा सहभागी भएपछि प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ प्रस्थान गर्दै हुनुहुन्छ।

बेइजिङमा उहाँले चीनका उपराष्ट्रपति हान चङसँग भेटवार्ता गर्ने र उपराष्ट्रपतिद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम तय भएको छ। यसअघि प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग सियानजिनमा द्विपक्षीय भेटवार्ता गरिसक्नुभएको छ।

भ्रमणको अन्तिम चरणमा प्रधानमन्त्री ओलीसहितको नेपाली टोली भोलि बेइजिङमा हुने चीन सरकारद्वारा आयोजित विजयोत्सव समारोहमा सहभागी हुनेछ। सोही दिन प्रधानमन्त्री ओली स्वदेश फर्किने कार्यक्रम छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.