रामेछापबाट हेटौँडा जाँदै गरेको डबलक्याप स्कारपियो जिप दुर्घटनामा स्वास्थ्यकर्मी राधा कार्की चौहानको मृत्यु, श्रीमान् उत्तम चौहान घाइते।
२५ साउन, काभ्रेपलाञ्चोक
रामेछापबाट खुर्कोट हुँदै हेटौँडा जाँदै गरेको डबलक्याप स्कारपियो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा मन्थली नगरपालिका–११ निवासी ४१ वर्षीया राधा कार्की चौहान रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। स्वास्थ्यकर्मी समेत रहेकी चौहानको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा उनका श्रीमान्, ४६ वर्षीय उत्तम चौहान घाइते भएका छन्। उनलाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार चौहान दम्पती छोरालाई भेट्न हेटौँडा जाँदै थिए। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
Post Views: 339






