“रुपन्देही–३ उपनिर्वाचनमा २७ दलबाट निवेदन दर्ता: नाउपामा दुई पक्ष, तराई–मधेश दलमा एकता असफल”

Shares

२९ साउन, काठमाडौं – रुपन्देही–३ मा हुने प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिन २७ राजनीतिक दलले निवेदन दिएका छन्। निर्वाचन आयोगले साउन २१ देखि २७ गतेसम्म दल दर्ताको समय तोकेको थियो र सो अवधिमा २७ दलबाट २८ वटा निवेदन परेको आयोगले जनाएको छ।

यो उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) दुई भागमा विभाजित भएर छुट्टाछुट्टै निवेदन दर्ता गरेको छ। संरक्षक रेशमलाल चौधरी पक्षबाट रामलाल डगौराले साउन २३ गते निवेदन दिएका थिए (दर्ता नं. ६), भने अध्यक्ष रञ्जिता श्रेष्ठले अन्तिम दिन साउन २७ गते निवेदन दिएकी थिइन् (दर्ता नं. २५)। आयोगले पहिलेको निर्णयअनुसार रञ्जितालाई नै अध्यक्ष मान्ने भएकाले रेशम पक्षको निवेदन स्वतः खारेज हुने बताइएको छ। यसै कारण उम्मेदवारको आधिकारिक मनोनयनमा रञ्जिताको हस्ताक्षर मात्र मान्य हुनेछ।

तराई–मधेशका दलहरूले पनि एउटै मोर्चाबाट चुनाव लड्ने सहमति गरे पनि अन्ततः एकता सम्भव भएन। नाउपालाई समर्थन गर्ने सात पार्टीसम्मको संघीय लोकतान्त्रिक मोर्चा गठन भए पनि आन्तरिक विवादका कारण जनमत पार्टीले पनि छुट्टै निवेदन दिएको छ।

यस बाहेक नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चालगायतका दलहरूले पनि निवेदन दिएका छन्।

आयोगको कार्यतालिका अनुसार भदौ १ गते स्वीकृत दलहरूको नामावली प्रकाशित हुनेछ। रुपन्देही–३ को उपनिर्वाचन कात्तिक १७ गते सोमबार हुने र उम्मेदवारी दर्ता असोज २१ गते हुने तय भएको छ। यो उपनिर्वाचन राष्ट्रिय प्रजातन्त्र पार्टीका  सांसद दीपक बोहोराको निधनपछि हुँदै  छ ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.