अलास्कामा ट्रम्प र पुटिनबीच शिखर बैठक, युक्रेन युद्धविराम मुख्य एजेन्डा

"अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शिखर सम्मेलन, २०२५"
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको बहुप्रतिक्षित शिखर बैठक आज राति हुने भएको छ। बैठक अमेरिकी राज्य अलास्काको एन्करेजस्थित अमेरिकी सैन्य अड्डामा, अमेरिकी समयअनुसार शुक्रबार बिहान ११ बजेबाट सुरु हुनेछ।

दुई शक्तिशाली राष्ट्रका नेताहरूबीचको यो वार्तालाई विश्व समुदायले विशेष चासोका साथ हेरेको छ। वर्षौंदेखि जारी रहेको रुस–युक्रेन युद्ध अन्त्य गर्न महत्त्वपूर्ण निर्णय हुन सक्ने अपेक्षाका कारण पनि यस बैठकलाई महत्वपूर्ण मानिएको हो।

रुसी समाचार संस्था तासका अनुसार, पुटिनको टोलीमा रूसी विदेशमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री, रूसी प्रत्यक्ष लगानी कोषका प्रमुख, अमेरिकाका लागि रूसी राजदूत र राष्ट्रपतिका विशेष प्रतिनिधिहरू रहनेछन्। त्यसैगरी, ट्रम्पको टोलीमा उपराष्ट्रपति, अमेरिकी विदेशमन्त्री, अर्थमन्त्री, रक्षामन्त्री र मध्यपूर्वका लागि ट्रम्पका विशेष दूत सहभागी हुनेछन्।

अलास्कामा दुई राष्ट्रपतिको एकान्त वार्ता पनि हुनेछ, जसमा दुवै पक्षका दोभासे मात्र सहभागी हुनेछन्। मुख्यतया युक्रेनमा युद्धविरामको विषयमा वार्ता केन्द्रित रहनेछ भने सामूहिक र विषयगत छलफलहरू पनि हुनेछन्। साथै, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सन्दर्भका अन्य समसामयिक विषयमा पनि विचार विनिमय हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अलास्का, जहाँ यो बैठक हुँदैछ, पहिले रुसको भू–भाग थियो। सन् १८६७ मा रुसले यसलाई ७.२ मिलियन डलरमा अमेरिकालाई बेचेको हो। भौगोलिक रूपमा रुसको सबैभन्दा नजिकको अमेरिकी भू–भाग भएकाले आज पनि अलास्कामा रूसी संस्कृतिका केही अवशेष देखिन्छन्।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.