विद्या भण्डारी विवादले एमालेमा हलचल: सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीको कडा आपत्ति

Shares

३ भदौ, काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा फर्कन रोक्ने निर्णय गर्दा राखिएको फरक मत अन्तर पार्टी निर्देशन (अपानि) मा नसमावेश गरेको भन्दै उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले निवेदन दिएका छन् ।

मंगलबार उनीहरूले पार्टी केन्द्रीय कार्यालय पुगेर कार्यालय सचिव डा. भीष्म अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

भण्डारीलाई रोक्ने निर्णयको विरोधमा पाण्डे र ज्ञवालीले केन्द्रीय कमिटी बैठकमै फरक मत राखेका थिए । उनीहरूसँगै स्थायी कमिटी सदस्य कर्ण थापाले पनि त्यस्तै मत व्यक्त गरेका थिए ।

तर, उनीहरूको फरक मतलाई पार्टी सर्कुलरमा उल्लेख नगरी पठाइएपछि पुनः स्मरण गराउँदै बुधबार केन्द्रीय कार्यालयमा निवेदन बुझाइएको हो ।

फरक मतलाई अपानिमा किन नसमावेश गरियो ? किन आवश्यक छलफल भएन ? जस्ता प्रश्न उठाउँदै उनीहरूले ध्यानाकर्षण गराएको एमाले स्रोतले जनाएको छ ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.