विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय आज उद्घाटन, एमालेभित्र नयाँ तरंग

Shares

५ भदौ, काठमाडौं ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज काठमाडौंको थापागाउँस्थित लाखेचौर मार्गमा नयाँ कार्यालय उद्घाटन गर्दैछिन्। भाडामा लिइएको घरमा तयार गरिएको उक्त कार्यालयलाई भण्डारी पक्षले ‘सम्पर्क कार्यालय’ भन्न भने अस्वीकार गरेको छ। आधिकारिक रूपमा यसलाई मदन भण्डारी ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालयका रूपमा परिचित गराइएको छ।समितिको संयोजकका रूपमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल रहेका छन्। पौडेलका अनुसार समितिकी संरक्षक समेत रहेकी भण्डारीले आज दिउँसो २ बजे औपचारिक रूपमा कार्यालय उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।मदन भण्डारीको ७५औं जन्मजयन्ती मनाउन ७५ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ। समितिले वर्षभर जनताको बहुदलीय जनवाद (जबज) र मदन भण्डारीका विचारसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ।थापागाउँमा लिइएको यो भाडाको घर आगामी दिनमा भण्डारीको राजनीतिक सम्पर्क केन्द्रका रूपमा प्रयोग हुने अनुमान गरिएको छ। पार्टीभित्र बढ्दो असन्तुष्टिसँगै उक्त कार्यालय एमालेभित्रको अन्तरसंघर्षकै नयाँ थलो बन्न सक्ने राजनीतिक विश्लेषकहरूको आकलन छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.