रुपन्देही । बुटवलबाट गुल्मीको पुर्कोट दहतर्फ जाँदै गरेको मिनी बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
लु १ ज ४७२३ न को फोर्स गाडी अर्घाखाँची सन्धिखर्क नगरपालिका -९ अर्घाटारीमा राति दुई बजे दुर्घटना भएको थियो ।

सालझण्डी -सन्धिखर्क-ढोरपाटन सडक खण्डमा भएको दुर्घटनामा २ जना यात्रुको घटनास्थलमै मृत्यु भएको र २० जनाभन्दा धेरै घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। ती तीनको अवस्था गम्भीर रहेको छ । अरू सामान्य घाइते छन् ।
दुर्घटनामा घाइते हुने यात्रुहरूलाई स्थानीय र नेपाल प्रहरीको सहयोगमा उपचारका लागि अर्घाखाँची अस्पताल लगिएको छ ।
मृतकको पहिचान हुन सकेको छैन । प्रहरीका अनुसार गाडी टारीको उकालो घुम्तीबाट २० मिटर तल खसेको छ । गाडीमा २५ जना यात्रु थिए ।
Post Views: 618






