३ भदौ,काठमाण्डौ – मौसम पूर्वानुमान महाशाखाले आज कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार देशभरका विभिन्न क्षेत्रमा मध्यम वर्षा पर्न सक्ने अनुमान गरिएको छ।
हिजो बेलुकी र गएराति पनि देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको थियो। मनसुन सामान्य रूपमा कमजोर भए पनि बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव अझै जारी रहेको महाशाखाले जानकारी दिएको छ।
Post Views: 1,084






