उत्तराखण्डको बाढीपहिरोमा रहेका नेपालीहरुको उद्धारका लागि दूतावासमार्फत् कूटनीतिक छलफल

Shares

साउन २३, काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले भारत उत्तराखण्डको बाढीपहिरोमा नेपालीसमेत परेको खबरले चिन्तित भएको बताएका छन् । साथै त्यहाँ रहेका नेपालीहरुको उद्धारका लागि दूतावासमार्फत् कूटनीतिक छलफल पनि भएको उनको भनाइ छ ।

तुर्कमेनिस्तान भ्रमणबाट आज स्वदेश फर्किंदै गरेका प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दु:खद खबरले चिन्तित छु । बाढीमा १७ जनाभन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको छ । उनीहरूको उद्दारको लागि दूतावास मार्फत तत्काल कूटनीतिक छलफल भएको थियो ।’ प्रधानमन्त्री ओलीले बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना पनि गरेका छन् । उत्तराखण्डमा आएको बाढीपहिरोमा जाजरकोटको कुशे गाउँपालिकाका १३ जना र बर्दिया मधुवनका ४ जना गरी कम्तिमा १७ जना नेपाली नागरिक परेको आशंका छ ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार, आफन्त र त्यहाँ रहेका नेपालीमार्फत चार जना बेपत्ता र तीन जना घाइते भएको जानकारी प्राप्त भएको हो । उनले अनलाइनखबरसँग भने, ‘यसबारे मन्त्रालयमा जानकारी गराइसकिएको छ । दूतावासमार्फत समन्वय भइरहेको छ भन्ने बुझेको छु ।’ यसैगरी जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले विज्ञप्ति जारी गरेर गाउँपालिकाका १३ जनाभन्दा बढी बेपत्ता भएको जानकारी प्राप्त भएको जनाएका छन् । नेपालसँग सिमाना जोडिएको उत्तराखण्ड प्रदेशको उत्तरकाशी जिल्लास्थित पहाडी क्षेत्रमा २० साउनमा एक्कासी आएको बाढी र पहिरोले धराली लगायतका बस्ती तहसनहस बनाएको छ । त्यहाँ काम गर्नका लागि गएका नेपालीहरु पनि चपेटामा परेको बताइन्छ । भारत सरकारले सेना र विपद् उद्धार टिमको सहयोगमा खोज तथा उद्धार कार्य जारी राखेको छ ।

😀
1
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.