किसान महासंघ अर्घाखाँचीद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

Shares

२९ अशाेज, अर्घाखाँची – भुमि आयोग खारेजको विरोधमा किसान महासंघ अर्घाखाँचीद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र भुझाएकाे छ।

अखिल नेपाल किसान महासंघ अर्घाखाँचीले भुमिहिन र भूमिसुधारका पक्षमा कार्यरत भुमि आयोग खारेज गरिएको विरोधमा अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।

किसान महासंघका केन्द्रीय सचिवालय सदस्य ठाकुर प्रसाद खनालको नेतृत्वमा बुधबार जिल्ला प्रशासन कार्यालय अर्घाखाँची पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको हो। उक्त अवसरमा किसान महासंघका जिल्ला प्रतिनिधिहरु, स्थानीय किसान नेता र कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

ज्ञापनपत्रमा सरकारले भूमिहिनलाई जग्गा वितरण गर्ने प्रक्रिया अघि बढाइरहेका बेला आयोग खारेज गर्नु किसान र भूमिहिनहरूको अधिकारमाथिको ठुलो प्रहार भएको उल्लेख गरिएको छ। साथै, भूमिहिनलाई जग्गा दिने प्रतिबद्धता पूरा नगरी आयोग खारेज गर्नु असंवेदनशील र जनविरोधी निर्णय भएको किसान महासंघको भनाइ छ।

कार्यक्रमका क्रममा किसान महासंघका नेताहरूले भूमिसुधार आयोग पुनःस्थापना गर्न माग गर्दै आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनी दिएका छन्। उनीहरूले भूमिहीन, सुकुम्बासी र साना किसानको हक हितका लागि किसान महासंघ निरन्तर संघर्षरत रहने प्रतिबद्धता पनि जनाएका छन्।

ज्ञापनपत्र बुझाउने क्रममा किसान महासंघका केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, सचिव लगायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.