गुल्मेली सम्पर्क समाज रुपन्देहीद्वारा तीज मिलन कार्यक्रम सम्पन्न

Shares

तिलोत्तमा, रुपन्देही – गुल्मेली सम्पर्क समाज रुपन्देहीको आयोजनामा तिलोत्तमा नगरपालिकास्थित शृङ्गेश्वर धाममा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ। समाजका अध्यक्ष डा. नारायणप्रसाद पन्थको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय सभाका सदस्य माननीय विष्णुकुमारी सापकोटा प्रमुख अतिथि, तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँड विशेष अतिथि र नेपाल बैंक लिमिटेड, बुटवलकी शाखा प्रबन्धक प्रतीज्ञा सुवेदी विशिष्ट अतिथि रहनुभएको थियो।

कार्यक्रममा गायक रितु थापा, सपना गाहा र सम्झना रणपालले बेजोड तीज गीत र नृत्य प्रस्तुत गरी दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए। यसका साथै, उपस्थित दिदीबहिनीहरूले पुराना संस्कृति झल्काउने र वर्तमान देशको अवस्थालाई चित्रण गर्ने गीत तथा नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा संस्थापक अध्यक्ष इ. हिराबहादुर भलामी, वडा नम्बर ४ का वडा अध्यक्ष हरिबहादुर क्षेत्री, धामका अध्यक्ष ऋषि भण्डारी, जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डे लगायतका विशिष्ट व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो।

 

        कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय विष्णुकुमारी सापकोटाले गुल्मेली सम्पर्क समाजले आफ्नो संस्कृति र परम्परालाई जगेर्ना गर्न महत्त्वपूर्ण भूमिका खेलेकोमा प्रशंसा गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले समाजमा आपसी भाइचारा र सद्भाव बढाउन मद्दत गर्ने बताउनुभयो। साथै, उहाँले गुल्मेलीहरूले समाजको विकासमा पुर्याएको योगदानको पनि सराहना गर्नुभयो। झण्डै एक हजार जनाको उपस्थिति रहेको कार्यक्रममा समाजका अध्यक्ष डा. पन्थले सम्पूर्ण सहभागी, अतिथि तथा कलाकारहरूलाई धन्यवाद ज्ञापन गर्दै समाजको गुरुयोजना स्थलमा आयोजित कार्यक्रमले गुल्मेली दिदीबहिनी तथा दाजुभाइबीच भेटघाट र सांस्कृतिक आदानप्रदानको वातावरण सिर्जना गरेको बताउनुभयो।

उक्त कार्यक्रमको सञ्चालन समाजका पूर्व सहसचिव ईश्वरा अर्यालले गर्नुभएको थियो भने कार्यक्रम संयोजक कविता अर्यालले स्वागत मन्तव्य राख्नुभएको थियो।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.